– नारायण पाण्डे
टोकियो, जापान । एमाले स्थायी समिति सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष शंकर पोखरेल जापान आईपुग्नु भएको छ ।
नेपाली विद्यार्थीहरुको निमन्त्रणामा बुधवार विहान पोखरेल जापानको राजधानी टोकियोमा अवतरण गर्नुभएको जापानमा अध्ययनरत विद्यार्थी नारायण पौडेलले बताए । विहान हानेदा एयरपोर्टमा नेता पोखरेललाई स्वागत गर्न आयोजक समितिका विद्यार्थीहरु प्रकाश ढकाल, नारायण पौडेल, रोशन पौडेल, राजु तिवारी र गोबिन्द ढकालसहित प्रवासी नेपाली मञ्च जापानका सल्लाहकार डा राम गिरी, डा. सूर्य पाठक, राष्ट्रिय कमिटीका उपाध्यक्ष राजकुमार पण्डित, मोहन रायमाझी, महासचिव कुलचन्द्र खरेलले स्वागत गर्नुभएको थियो ।
आउँदो शनिवारका दिन जापानको टोकियोमा हुन गईरहेको ‘नेपालको पुनर्निर्माण, सम्भावना र चुनौति’ बिषयक अन्तरक्रियामा सहभागिता जनाउन पोखरेल जापान आउँनुभएको हो । सोही समयमा जापानमा लागु गर्न लागिएको माई नम्बर र त्यसबाट जापानवासी नेपाली विद्यार्थीहरुको चुनौती तथा सम्भावनाका विषयमा जापानी विज्ञहरुले विशेष जानकारी दिने कार्यक्रम रहेको आयोजक समितिका नारायण पौडेलले बताउनुभएको छ ।
सो कार्यक्रममा सहभागि भएर कार्यक्रमको सोभा बढाईदिनुहुन जापानवासी नेपालीहरुलाई अनुरोध गरिएको छ । कार्यक्रम सेप्टेम्वर ५ तारिक शनिवारका टोकियो ईकेवुकुरो सेईकात्सु साङग्यो प्लाजामा अपरान्ह साढे पाँच वजेबाट कार्यक्रम हुनेछ ।
















प्रतिक्रिया