३० आश्विन २०८३, शुक्रबार

यू-१९ साफ च्याम्पियनसिप विजेता टिमका सदस्यलाई जनही २ लाख दिने एन्फाको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

मंगलबार सादोबाटो स्थित एन्फा कम्पलेक्समा बसेको कार्यसमितिको बैठकले प्रत्येक खेलाडीलाई २ लाख नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । ‘खेलाडीको मनोबल बढाउन र हौसला प्रदान गर्न परस्कृत गर्ने निर्णयमा पुगेका हौं’ एन्फा अध्यक्ष गणेश थापाले भने ।

उनका अनुसार एन्फाले खेलाडीहरुको क्षमता विकास तथा प्रोत्साहनका लागि कर्पोरेट हाउसहरुलाई आग्रह गर्नेछ । शनिबार घरेलु मैदानमा भएको फाइनल खेलमा भारतलाई २२ वर्षपछि पराजित नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।