२९ आश्विन २०८३, बिहिबार

एनएस चिह्नलाई अन्तर्राष्ट्रिय मान्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NS Logo Nepalकाठमाडौं, ५ असार । नेपाल गुणस्तर चिह्न (एनएस) ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। यो मान्यतासँगै गुणस्तर चिन्ह पाएका नेपाली उत्पादनले विश्व बजारमा सहजै जान पाउनेछन्।

नेसनल एक्रिडिटेसन बोर्ड फर सर्टिफिकेसन बडिज (एनएबिसिबी) ले दुई महिनाअघि नेपालको एनएस चिह्नलाई मान्यता दिने निर्णय गरेको गुणस्तर तथा नापतौल विभागका निमित महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। एनएबिसिबी कुनै पनि देशको एनएस चिह्नलाई अन्तर्राष्ट्रिय मान्यता दिने आधिकारिक अन्तर्राष्ट्रिय निकाय हो।

‘हाम्रो एनएस चिह्नले एक्रिडिटेसन पाएको इमेल हामीले पाइसकेका छौं,’ पुडासैनीले भने, ‘एक हप्तामा हाम्रो प्रमाणपत्र आइपुग्छ।’ एक्रिडिटेसन पाएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा मान्यता (रिकग्निसन) पाउने भएकाले धेरै फाइदा हुने पुडासैनी बताए। प्रमाणपत्रको लागि नेपालले थप सामग्रीसहित ‘कबुलियतनामा’ बुझाइसकेको पुडासैनीले बताए।

अन्तर्राष्ट्रिय संस्थाबाट एनएसले मान्यता पाएपछि नेपाली उत्पादनले विदेश निकासी सहज हुने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका बताए।

‘यो मान्यताले नेपाली वस्तुले अन्तर्राष्ट्रिय बजारमा सहज प्रवेशको बाटो खुलेको छ,’ उनले भने, ‘नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा विश्वास पाउने छन्। यो मान्यताले निकासी बढाउन सहयोग पुर्‍याउँछ।’ नागरिक दैनिकबाट