३० आश्विन २०८३, शुक्रबार

ओमानमा जनसम्पर्क समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janasamparka-samiti-omanमस्कट, ओमान । नेपालीहरु जहाँ–जहाँ पुगेका छन त्यही आफ्नो बिचार, धर्म, जात, क्षेत्र, इत्यादि अनुरूप संस्था निर्माण गर्ने र त्यहीँ बाट एक नेपालीले अर्को नेपाली लाई भैपरी आउँदा सहयोग गर्ने गरिएको पाइन्छ ।

प्रवासमा मात्रै नभएर देशको लागि पनि बिभिन्न प्रकारका रचनात्मक कार्यहरु यिनै प्रवासमा स्थापित संघ संस्थाहरुले गरेको पाइन्छ । त्यसै सिलसिलामा ओमानमा फेरि एक नयाँ संस्थाको जन्म भएको छ ।

नेपाली कांग्रेस को प्रवासको भातृ संगठनको रूपमा चिनिने जनसम्पर्क समिति ओमानको स्थापना गरी सम्पर्क समिति गठन गरिएको छ । केही दिनमै पूर्ण कमिटी गठन प्रक्रिया पूरा हुने जानकारी सम्पर्क समितिका प्रमुख सदस्य फर्शु राम पोख्रेलले बताए ।

ओमानमा पहिले देखिनै विभिन्न जातीय, भेगिय, धार्मिक, लैङिगक, बैचारिक र स्वतन्त्र संघ संस्थाहरु स्थापित छन र तिनिहरुको बिचमा नेपाली काङ्ग्रेस को समर्थन गर्ने शुभचिन्तक हरुको लागि आफ्नो बिचार अनुसारको र त्यसको नेतृत्व गर्ने बैचारिक संस्था को कमि खलिरहेको थियो र त्यसको स्थापना को आबश्यकता थियो । त्यसैको मध्यनजर यो संस्थाको स्थापना गरिएको हो ।’ उनले भने ।
साथै ओमान स्थित अन्य संघ संस्था हरूले पनि नयाँ संस्था लाई खुल्ला दिलले स्वागत गर्दै शुभकामना दिइएको पाइन्छ ।