५ कार्तिक २०८३, बिहिबार

दक्षिण कोरियामा दक्ष कामदार पठाउन पहल सुरु, अब निःशुल्क हवाई टिकट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tek-bahadur (1)काठमाडौं, १३ भदौ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नवीकरण भएको छ ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई वर्षका लागि दुईपक्षीय सम्झौता शुक्रबार नवीकरणमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नुका साथै नेपाली कामदारको बारेमा निःशुल्क हवाई टिकट माग गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उनले अदक्ष कामदार मात्र होइन इन्जिनियर, नर्स आदि दक्ष कामदारलाई रोजगार दिन प्रस्ताव गरेका थिए । त्यस्तै मन्त्री गुरुङले ईपीएस आवेदन गर्ने उमेर हद वृद्धि १९ वर्षदेखि ४५ वर्षसम्म बनाउन प्रस्ताव गरेका थिए ।

उनले कामदारको परिवारलाई बेलाबेला भ्रमण गराउन पाउने प्रावधान र खाडी क्षेत्रमा कन्स्ट्रक्सनमा कामको अनुभव भएका कामदारहरूलाई कोरियामा रोजगार दिन प्रस्ताव गरेका छन् ।

नेपालका तर्फबाट राखिएका प्रस्तावहरू कोरियाली पक्षले सकारात्मक रहेको छ । निःशुल्क हवाई टिकटबारे जवाफ दिंंदै मिनिस्टर सुुनले निःशुुल्क टिकट १५ देशका कामदारलाई नै दिनुपर्ने भएकाले समस्या हुने जानकारी गराएका थिए ।

जवाफमा मन्त्री गुरुङले सुरुमा हवाई टिकट रोजगारदाता उपलब्ध गराएर पछि कामदारको तलबबाट कट्टा गर्ने प्रस्तावलाई सुुनले सकारात्मक लिएका थिए ।

मिनिस्टर सुुनले अहिले कम्स्ट्रक्सन क्षेत्रमा कोरियन चाइनिज र कोरियन मजदुरहरू कार्यरत भए पनि दक्ष नेपाली कामदारलाई लिन सकिने बताए ।