काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई ‘ज्यान ठूलो हो’ भनेर सम्झाइदिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का विद्यार्थीहरूदाई सुझाव दिएका छन् ।
धर्नासहित ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीहरूमध्ये तीनजनालाई भित्र बोलाएर यस्तो आग्रह गरेका हुन् ।
डा केसी अनसन बसेको छैठौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन।यसअघि तेस्रो दिन सरकारले एकतर्फी रूपमा अनसन तोड्न आग्रह गर्दै पत्र पठाएको समाचार नागरिक दैनिकले छापेको छ ।
त्यसयता सरकारका कोही पनि अधिकारी केसीको माग पुरा गर्न पहल नगरेको सहकर्मीहरू चिकित्सकहरूले गुनासो गरेका छन्।















प्रतिक्रिया