सर्लाही, ४ असार । जग्गा विवादका क्रममा भाइको कुटाइबाट बुधबार सर्लाहीको सुन्दरपुर चोहर्वा गाविसमा दाइको मृत्यु भएको छ ।
विवादित खेतमा खनजोत गरेको भन्दै सुन्दरपुर चोहर्वाका मुस्तफा अन्सारीलाई उनका भाइ अबुब अन्सारीले कुटेका थिए । अपराह्न दाजुभाइबीच कुटपिट हुँदा मुस्तफा अन्सारीको मृत्यु भएको हो ।
बसबरिया टोलको खेतमा खनजोत गरिरहेको अवस्थामा २४ वर्षीय अबुबले ४१ वर्षीय दाजु मुस्तफालाई कुटेका थिए ।
गम्भीर घाइते भएका मुस्तफालाई उपचारार्थ बरहथवा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा साँझ बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताउनुभयो । अबुबलाई प्रहरीले पक्राउ गरेको छ ।
















प्रतिक्रिया