३० आश्विन २०८३, शुक्रबार

नेप्से फेरि ओरालोतिर, यो साता ०.९१ अंकले झर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stock-Marketकाठमाडौँ, १२ भदौ । गत साता ८८.८७ अङ्कले उकालो लागेको नेप्से यो साता ०.९१ अङ्कले ओरालो लागेको छ ।

गत साताको अन्तिम दिन १२००.९२ बिन्दुमा पुगेको नेप्से यो साता अन्तिम दिन ११८३.७६ बिन्दुमा खुम्चिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीको १६ हजार १३४ कारोबारबाट रु दुई अर्ब ५० करोड छ लाख ९१ हजार बराबरका ६४ लाख २२ हजार ५९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३७.५७ प्रतिशत कम हो । गत साता १६९ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २४ हजार ६३५ कारोबारबाट रु चार अर्ब ९३ लाख नौ हजार बराबरका ८४ लाख २६ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.५० अङ्कले घटेर २५५.७४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस