२९ आश्विन २०८३, बिहिबार

महाकाली नदीमा खसेर दुइ जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula District
दार्चुला, ४ असार । ट्रयाक्टर दुर्घटना हुँदा दार्चुलाको सदरमुकाम खलंगा नजिक चालक सहित दुई जना महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।

बुधवार खलंगा गाविस–१ किम्तडीमा से १ त ४५१३ नम्बरको ट्रयाक्टर दुर्घट्ना हँुदा उनीहरु महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । किम्तडीस्थित महाकाली किनारबाट ढुङ्गा ल्याएर सदरमुकाम खलंगा फर्किने क्रममा ट्रयाक्टर दुर्घटना भएको हो। बेपत्ताहुनेहरुमा चालक ३८ वर्षीय इन्द्र बुढा तथा खलंगा–१ का १५ वर्षीय शेरसिँह ठगुन्ना वेपत्ता भएका हुन्
जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार ट्रयाक्टरमै सवार टेक वहादुर वुढा र खलंगा–१ की हिरादेवी ठगुन्नाले हाम फालेर ज्यान जोगाएका छन् । वेपत्ता दुवैको खोजी गरीरहेको प्रहरीले जनाएको छ ।