काठमाडौं, १२ भदौ । एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स (एसीसीए)मा सबैभन्दा बढी अंक ल्याएर नेपाली चेली सिर्जना भण्डारी गौतम विश्वमै प्रथम भएकी छन् ।
बेलायतको राजधानीमा लन्डनमा अध्ययनरत सिर्जनाले २१ हजार तीन सय सात जना परीक्षार्थीलाई पछि पार्दै ८९ अंकका साथ प्रथम स्थान हासिल गरेको समाचार एजेन्सीले जनाएका छन् ।
सिर्जना चितवनको लंकु ६ निवासी हुन् । उच्च शिक्षाका लागि सन् २०१० मा उनी लन्डन पुगेकी उनले गत जुनमा एसीसीए पी वानको परीक्षा दिएकी थिइन् । उनले लन्डन मेट्रोपालिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा व्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेको वी नेपालीले जनाएको छ ।
लन्डनस्थित एक व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’मा कार्यरत सिर्जनाले नतिजा सुनेपछि खुसी हुँदै आफ्नो मेहनत, लगाव, परिवारको साथ र सहयोगले आफू सफल भएको प्रतिक्रिया दिईन् ।















प्रतिक्रिया