३० आश्विन २०८३, शुक्रबार

साउदीको जुबैलबाट एमआरपी सहजीकरण सेवा शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mrp sibir2

– एनपी प्रधान (भरत)
साउदी अरब । साउदी अरबको पूर्बी क्षेत्र जुबेलमा रहेका प्रवासी नेपालीहरुलाई लक्षित गरेर नेपाली दूतावास साउदी अरबले साउदीको जुबैल क्षेत्रमा राहदानी (एमआरपी) सहजीकरण सेवा शुरु गरेको छ ।

गैर आवासीय नेपाली संघ साउदी अरबको समन्वयमा शुरु गरिएको सेवाबाट शुक्रबार २६ जना प्रवासी नेपालीको राहदानी (एमआरपी) आवेदन संकलन गरिएको छ । साउदीका लागी नेपाली कार्यबाहक राजदुत आनन्द शर्माको उपस्थितीमा सो सेवा शुभारम्भ गरिएको हो । जुबैल स्थित अन्नपूर्ण रेष्टुरेण्टमा सञ्चालन गरिएको सहजीकरण सेवामा गैर आवासीय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषद्का सल्लाहकार धरम केसी, संघका साउदी अरेबिया अध्यक्ष नारायण पासवान्, महासचिव तेज थापा, पूर्बी क्षेत्रिय अध्यक्ष भोला पौडेल, दुतावासका कर्मचारी तथा एनआरएन सम्बद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

mrp sibir1

सहजीकरण शिबिरमा गैर आवासीय नेपाली संघले निशुल्क आवेदन फारम भर्न सहयोग गरेको थियो । सो अवसरमा शिबिरमा सहभागीहरुले दुतावासको सेवा सुबिधा, नेपाली कामदारका समस्या, दोहोरो श्रम सम्झौता, लगायतका बिषयमा कार्यबाहक राजदुत शर्मा समक्ष जिज्ञासा राखेका थिए । सहभागीहरुबाट उठेका जिज्ञासालाई स्पष्ट पार्दै कार्यबाहक राजदुत शर्माले दूतावासको सेवालाई कसरी मजदुरमैत्री बनाउन सकिन्छ भन्ने बिषयमा दूतावास गम्भीर रहेको बताए ।

शर्माले आउँदो २४ नोभेम्बर २०१५ देखि हस्तलिखित राहदानीलाई मान्यता नदिइने भएकाले एमआरपी नगराएकाहरुले अनिबार्य रुपमा मेसिनले पढ्न मिल्ने नयाँ राहदानी (एमआरपी) बनाउन साउदीमा रहेको सबै नेपाली कामदारहरुलाई आग्रह समेत गरे ।

हरेक साताको शुक्रबार सञ्चालन हुने शिबिरबाट एमआरपी आवेदन बुझ्ने, तयारी एमआरपी बितरण गर्ने र अन्य आवश्यक सेवा तथा परार्मश प्रदान गरिने दुतावासले जनाएको छ ।