३० आश्विन २०८३, शुक्रबार

जापानमा ‘नेपालको पुनर्निर्माण, सम्भावना र चुनौती’ विषयमा छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-Nepalटोकियो, जापान । जापानका नेपाली विद्यार्थीले ‘नेपालको पुनर्निर्माण, सम्भावना र चुनौती’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

यही सेप्टेम्वर महिनाको ५ तारिख शनिवारको दिन जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरूको निमन्त्रणामा अनेरास्ववियुका पूर्ब अध्यक्ष एंवम नेकपा (एमाले)का स्थायी कमिटि सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यमा ‘नेपालको पुनर्निर्माण, सम्भावना र चुनौती’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा हुने भएको छ ।

साथै जापानमा अध्ययनरत बिद्यार्थीहरूको चुनौती र सम्भावनाका बारेमा जापानमा कार्यरत नेपाली बिज्ञहरूको प्रिजेन्टेसन पनि रहने कुरा जानकारी गराईएको छ ।

साथै सो दिन पार्टी सम्बद्ध कार्यकर्ताहरुलाई भने शनिवार दिउँसो १२ बजे आन्तरिक प्रशिक्षणको कार्यक्रम तय गरिएको छ भने खुल्ला कार्यक्रम भने ५ः३० बाट तय गरिएको छ ।

टोक्योको ईकेबुकुरोस्थित सेइकात्सु साङ्ग्यो प्लाजामा हुने उक्त कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाईदिनुहुन आयोजकका तर्फबाट प्रकाश ढकालले अनुरोध गर्नुभएको छ ।