सोलुखुम्बु, ४ असार । घर अगाडि पानीको धारा, घर पुग्ने बाटो र शौचालय जस्ता कुरा अरुले निर्माण गरी दिन्छ की भन्ने अपेक्षा अहिले धेरैमा पाइन्छ ।
यस्ता कार्यक्रमका लागि जिविस÷गाविसमा रकम माग्ने र कतिपय अवस्थामा त यस्ता योजनाका लागि प्राप्त बजेटसमेत हिनामिना गर्ने गरेको उदाहरण पनि जिल्लामै गर्ने गरेको पाइन्छ । तर, सोलुखुम्वु जिल्लाको केरुङ–६ घुन्साका बासिन्दाले गाउँको विकास गाउँले नै जुटेर पनि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेर त्यस्ता आरोपको खण्डन गरेका छन् ।
केरुङ–६ घुन्सावासीले आफ्नै लगानीमा गाउँमा झलमल्ल बत्ती बालेका छन् । अन्य गाउँमा झलमल्ल बत्ती बलेको देखेका घुन्सावासीले आफ्नो गाउँमा पनि बत्ती बालीदिने आशा पालेका थिए तर त्यो पूरा नभएपछि उनीहरू आफैँ जुटे, बिजुली बाल्न घुन्साका स्थानीय ५२ घरधुरीले प्रत्येक घरधुरीबाट ३२ हजारका दरले रकम उठाएका हुन् ।
गाउँमा बिजुली बलेसँगै कतिले टेलिभिजनसमेत हेर्न पाएका छन् भने, मोबाइल चार्जदेखि अन्य धेरै कुरामा फाइदा भएको छ । करिब ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको घुन्सा लघु जलविद्युत् आयोजना अहिले गाउँमा एउटा उदाहरणीय योजना भएको छ ।
















प्रतिक्रिया