३० आश्विन २०८३, शुक्रबार

मलेसियामा एकाबिहानै नेपाली चेलीले आत्महत्या गरिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nilamमलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।

१० महिना अगाडि रोजगारीका लागि मलेसिया पुगेकी पाँचथरको भारपा- ७ की २७ वर्षीय निलम पन्धाकले बुधबार बिहानै आफू बस्ने होस्टलको ट्वाइलेटमा आत्महत्या गरेकी हुन् । डोरीको पासो घाटीमा लगाइएको अवस्थामा उनी मृत भेटिएकी थिईन् । आत्महत्याको कारण खुल्न सकेको छैन् ।

निलम मलेसियाको मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत निलमको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पताल लगिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । लिलमका श्रीमान र एक छोरा रहेका छन् ।