५ कार्तिक २०८३, बिहिबार

मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै, पर्सामा प्रहरी उपरीक्षकमाथि पेट्रोल बम प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi Morchaवीरगञ्ज, ११ भदौ । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्।

वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि बम प्रहार गरिएको हो ।

उक्त बम प्रहारबाट एसपी लोहनीको दायाँ हातमा चोट लागेको छ। दायाँ हातको कान्छी औला र हत्केलाको पछाडिपट्टीको भागको हड्डीमा चोट लागेका कारण प्लास्टर गरिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।