काठमाडौं, १० भदौ । नेपाली बजारमा बुधबार ८ रुपैयाँले घटेको सुनको भाउमा विहीबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मूल्य घटेसँगै बिहीबारका सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन तोलाको ५१ हजारमा कारोवार भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।















प्रतिक्रिया