५ कार्तिक २०८३, बिहिबार

कैलाली घटनापछि सरकारले सेना परिचालन गर्दा राष्ट्रपति किन रिसाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_Yadavकाठमाडौं, १० भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संसदलाई तीन जिल्लामा सेना परिचालन गरिएको जानकारी गराए पनि सेना परिचालनको संवैधानिक अधिकार प्राप्त राष्ट्रपतिलाई भने सेना परिचालन गर्ने कुनै निर्णय नै नभएको जानकारी दिइएको छ ।

संसदमा एउटा र राष्ट्रपतिलाई अर्कै जानकारी दिइएपछि राष्ट्रपति कार्यालयले रक्षा मन्त्रालयका सचिवलाई यसको वास्तविकताबारे मौखिक जानकारी मागेको छ ।

एउटा क्षेत्रमा घटना हुँदा सेनालाई यसरी नै परिचालन गर्ने हो भने २०–२५ हजार सेना परिचालन गर्नुपर्ने अवस्थामा के गर्ने ? भन्ने प्रश्न राष्ट्रपति कार्यालयका तर्फबाट उठाइएको उच्च सुरक्षा स्रोतले बताएको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।