५ कार्तिक २०८३, बिहिबार

एआईजीको इन्टेलिजेन्स ब्यूरो असफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, १० भदौ । गत सोमबार नेपाल प्रहरीका लागि कालो दिन बन्न पुग्यो । द्धन्द्धकालमा जस्तैगरी डिउटीको क्रममा एसएसपीसहित सात जना प्रहरी कैलालीको टिकापुरमा मारिए ।

प्रहरीले घटनामा संलग्न २० भन्दा बढिलाई पक्राउ गरिसकेको छ । कमजोर सुरक्षा संयन्त्र तथा परिस्थितीको गलत आँकलन गर्दा उक्त घटना हुनपुग्यो । यसको पछाडि प्रहरीभित्रकै पनि केही कमजोरी रहेको समाचार यूनाइटेड पोष्टले छापेको छ ।

नेपाल प्रहरीले सूचना संकलनका लागि छुट्टै इन्टेलिजेन्स ब्यूरो गठन गरेको थियो । अपराध अनुसन्धान विभागका एआईजी सुरेन्द्रबहादुर शाहको नेतृत्वमा जिल्ला जिल्लासम्म यस्तो ब्यूरो गठन गरिएको थियो ।

तर, कैलाली घटनामा आन्दोलनकारीको रणनीतिबारे प्रहरीले केही चाल पाउन सकेन । प्रहरीको इन्टेलिजेन्स कमजोर हुँदा त्यस्तो दु:खत् दुर्घटना हुन पुग्यो ।

अघिल्लो दिनसम्म प्रदर्शनकारीहरुले सामान्य ढुङगामुढा मात्र गरेका थिए । तर त्यो दिन हातहतियारसहित प्रहरीलाई आक्रमण गर्ने योजनासहति उनीहरु आएका थिए ।

करिब १० हजारको जुलुस नियन्त्रण गर्न ५ सय मात्र प्रहरी थिए । धेरै संख्यामा सशस्त्र प्रहरी दिए । सुरुमै एसएसपी लक्ष्मण न्यौपानेमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीका एसपी लक्ष्मणबहादुर सिंह गाडि चढेर भागेका थिए ।

बडीगार्ड रामविहारी चौधरीलाई समेत छाडेर उनी भागेका थिए । हवल्दार चौधरीलाई जलाएर मारिएको थियो ।

सहकर्मीहरुमाथि आक्रमण गर्दा प्रतिकार गर्नुको सट्टा भाग्ने एसपी सिंहमाथि कारबाही हुन सकेको छैन । यो घटनापछि राष्ट्रिय अनुसन्धान विभाग पूरै निकम्मा जस्तो देखिएको छ ।