थाइल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएन) थाइल्याण्डको नवनियुक्त कार्यसमितिले म्यानमार (बर्मा)का बाढी पीडितलाई नगद तथा जिन्सी सहयोग गरेको छ ।
सन् २०१३-२०१७ का लागि नवनिर्वाचित नयाँ नेतृत्वले म्यानमारका बाढी पीडितलाई एक लाख १८ हजार ९७१ थाइभाट (४० लाख म्यानमार क्याट)का साथै ९५ हजार भाट (३२ लाख क्याट) बराबरको ब्ल्याङकेट, कपडा, तयारी खानेकुरा, दैनिक उपयोग गरिने सामान सहयोगस्वरुप उपलब्ध गराई मानवीय सेवामार्फत आफ्नो कार्यकाल सुरु गरेको हो ।
तीन हप्ताअघि म्यानमारमा आएको बाढीले ठूलो क्षति पुर्याउनुका साथै दर्जनौको मृत्यु र हजारौं घरबारबिहीन भएका थिए म्यानमारका बाढी पीडितका लागि एनआरएनए थाइल्याण्डका संस्थापक, संरक्षक, पूर्व अध्यक्ष, सल्लाहकार, वर्तमान पदाधिकारी, संयुक्त राष्ट्र संघीय संस्थामा काम गर्दै आएका नेपाली र थाइल्याण्डमा बसोबास गर्दै आएका अन्य नेपालीले सहयोग गरेका थिए ।
दोस्रो कार्यकाल निर्वाचित एनआरएनए थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले म्यानमारको दुःखमा थोरै मात्रमा पनि मलम लगाउन सकेकोमा आफुहरु भाग्यमानी सम्झेको बताउनुभयो ।
राहत संकलनमा एनआरएनए थाइल्याण्डका उपाध्यक्षहरु भाबेन्द्र बस्नेत, आसजिता अवाले, महेन्द्र श्रेष्ठ र कोषाध्यक्ष कान्छा गुरुङ (गाबो)ले नेतृत्व गरेका थिए भने एनआरएनए थाइल्याण्डका मध्ये इलाका र दक्षिणी इलाका स्तरीय समितिहरु पनि सक्रियता साथ जुटेका थिए । एनआरएनए थाइल्याण्डले म्यानमारसँग नजिक रहेको थाई नेपाली एशोसिएशनलाई संकलिन नगद तथा जिन्सी सहयोग हस्तान्तरण गरेको थियो ।
















प्रतिक्रिया