
काठमाडौं, ९ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष देवमान हिराचनले भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको सात गाविसलाई कृषि नमुना गाउँ बनाउने घोषणा गर्नुभएको छ ।
तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष समेत रहेका हिराचनले हालै सिन्धुपाल्चोकको बाँसखर्कमा ‘थालखर्क बाँसखर्क खस्रे खानेपानी तथा अर्गानिक कृषि अनुसन्धान आयोजना’को एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषि नमुना गाउँ बनाउने घोषणा गर्नुभएको हो ।
उहाँले सिन्धुपाल्चोकमा भूकम्पले ३५ सय मानिसले ज्यान गुमाउनु परेकोमा दुःख प्रकट गर्दै मरेर जाने मान्छेहरुको भाग पनि हामी बाँचेकाहरुले गरेर देखाउनु हाम्रो कर्तव्य हो भन्दै हामी एक जुट भएर जानुपर्छ । म नभनी हामी भनेर काम गरौं, अवश्य सफल हुन्छौं र हरेश नखानुस् हामीले पाएको २४ घण्टालाई सहि सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय शिक्षक तुला बहादुर सिलवालले अब यहाँको जिवनस्तर उकास्नको लागि प्रमुख कृषि नै भएको भन्दै अब जिसिआईको योजनामा नै सहकार्य गरेर जाने बताउनुभयो । त्यसैगरी पत्रकार महासंघ सिन्धुपाल्चोकका सभापति युवराज पुरीले हिराचनको पहलमा सिन्धुपाल्चोकले अर्गानिक कृषिबाट नै जीवन उकास्ने बताउनुभयो ।
सिन्धुपाल्चोकमा लिदी, बतासे, स्याउले, खस्रे र बासखर्कमा विशेष गरी लेकाली आलु, डल्लेमुला, काक्रो, कागतीका साथै प्राकृतिक तबरले पाइने निउरो, लेकाली च्याउ र रम्बा जस्ता अर्गानिक तरकारी उत्पादन हुने गर्दछ ।
कुनै पनि निकायको ध्यान नगएको उक्त ठाउँमा जिसिआईले नयाँ सोचका साथ परिवर्तन गर्न आएको छ । यसमा सरकारी तबरदेखि स्थानीय तवरबाट समेत सहयोग आवश्यक देखिन्छ र बाँसखर्क शिविरका लागि १ महिना अगाडि मात्र १५० घर धुरीलाई पुग्नेगरी हिराचनले खानेपानीको व्यवस्था गरिदिएका थिए । अब यो कृषि अभियानसँगै शिक्षा क्षेत्रलाई पनि सँगै लैजाने उहाँको योजना रहेको छ ।
















प्रतिक्रिया