काठमाडौं, ४ असार । तेह्रथुमकी २८ वर्षे धनु राई ९नाम परिवर्तन० लाई काठमाडौंका ३५ वर्षे विमल श्रेष्ठ (नाम परिवर्तन) ले ‘अविवाहितु बनेर फसाए। धनुले त्यतिबेला मात्र विमल चारजनाको पिता भएको थाहा पाइन्, जतिबेला उनी गर्भवती बनिसकेकी थिइन्।
‘हुने कुरा भइसक्यो भनेर लोग्ने मानेरै बसेँ,’ उनले भनिन्, ‘अहिले छोरीको जन्मदर्ता माग्दा हैन भन्यो।’
चार वर्ष सँगै बिताएकी धनु अहिले छोरीको अधिकार खोज्न प्रहरी तथा अन्य निकाय धाइरहेकी छन्।
धुनु मात्र हैन, राजधानीमा कानुनी प्रक्रिया नपुर्याकई वैवाहिक जीवन बिताएका थुप्रै महिला पीडित बनेका छन्। राष्ट्रिय महिला आयोगका अनुसार पछिल्ला वर्ष बिहेको आश्वासनमा पीडित बनेका मासिक औसत ७ वटा यस्ता उजुरी पर्छन्। प्रहरी महिला सेलमा भने गोपनीयताको समस्याले उजुरी कम आउने गरेको सेलकी प्रमुख सुशीला प्रधान बताउँछिन्। उनका अनुसार प्रहरी सेलमा मासिक दुईवटा यस्ता घटना आउने गरेका छन्।
नेपालमा यस्ता घटनाको यकिन तथ्यांक भने छैन। यस्ता घटना ‘घरेलु हिंसाुका रूपमा उजुरी पर्ने गरेको आयोगका अधिकारीहरू बताउँछन्।
आयोगकी कानुनी परामर्शदाता तारा महर्जनका अनुसार २०६६ सालमा ‘घरेलु हिंसा ऐनु बनेपछि महिला ठगीका उजुरी बढी दर्ता हुन थालेका हुन्। दुईतीन वर्षयता यस्ता उजुरी दोब्बर पुगेको महर्जनले बताइन्।
महर्जनका अनुसार महिलाहरू बिहे नै हुने आश्वासनमा यस्तो सम्बन्धमा पुग्ने गरेको देखिन्छ। पुरुषले भने महिलाबाट आर्थिक र यौन फाइदा उठाउने गरेका छन्। ‘यो सम्बन्धबाट महिला नै प्रताडित हुन्छन्,’ महर्जनले भनिन्, ‘गर्भवती बनेको थाहा पाएपछि छोड्छन्, अनि महिलाहरू आयोगमा नाता कायमको अधिकार खोज्न आउँछन्।’ नागरिक दैनिकबाट













प्रतिक्रिया