२९ आश्विन २०८३, बिहिबार

दुई वर्षपछि आयल निगमलाई डिजेलमा नाफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौं, ४ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि दुई वर्षपछि नेपाल आयल निगमलाई डिजेलमा नाफा भएको छ। दुई वर्षसम्म निरन्तर घाटा बेहोर्दै आएको निगमलाई अहिले एक लिटर डिजेलमा ४२ पैसा नाफा छ।

मुलुकमा सबैभन्दा बढी डिजल खपत हुन्छ। यसको सामान्य घटबढले निगमको नोक्सानीमा ठूलै हेरफेर हुने गर्छ। ‘२०६९ सालमा प्रतिलिटर डिजेलमा ८० पैसा नाफा कमाएको थियो,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले  भने, ‘त्यसको दुई वर्षपछि अहिले ४२ पैसा नाफा भएको हो।’

निगमका अनुसार केही अघिसम्म प्रतिलिटर डिजेलमा एक रुपैयाँ ५५ पैसा घाटा थियो। सोमबार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराएको मूल्यअनुसार डिजेलमा नाफा हुन पुगेको हो।

‘एक महिनासम्म उक्त मूल्य हेरफेर हुँदैन,’ प्रवक्ता घिमिरेले टेलिफोनमा भने, ‘यसले निगमको घाटा कम गर्न थप सहयोग पुग्छ,।’ नागरिक दैनिकबाट