– एनपी प्रधान (भरत)
साउदी अरब । साउदी अरबमा बिगत ३ बर्षदेखि बन्दी जीबन बिताईरहेकी एक नेपाली चेलीको उद्दार गरिएको छ । बैदेशिक रोजगारीका लागि साढे ३ बर्ष अघि कुबेत पुगेकी नेपालगञ्ज बनकटवा–३ की ३३ बर्षीया निर्मला बिकलाई साउदीबाट उद्दार गरिएको हो ।
साउदी नागरिकको घरमा बन्दी जीबन बिताईरहेकी बिकलाई नेपाल टे«ड युनियन महासंघ(जिफन्ट) को सहयोग समूह साउदी अरेबियाको पहलमा उद्दार गरिएको हो । रियादमा रहेका नेपाली दिदीबहिनीहरु मार्फत् निर्मलाले ३ बर्षदेखि साउदी नागरिकको घरमा बन्दी जीबन बिताईरहेको खबर पाएपछि उनलाई उद्दार गरिएको जिफन्ट सहयोग समूह साउदी अरेबियाका संयोजक राज तामाङले जानकारी दिए । तामाङका अनुसार साउदीको अलहासा भन्ने स्थानबाट गत आईतबार उनलाई रातको १ बजे बन्दी बनाईएको घरबाट उद्दार गरिएको हो । ‘अलहासामा रहेका नेपाली दाजुभाईहरुको सहयोगमा १४ घण्टाको निरन्तर प्रयासपछि उनलाई उद्दार गर्न सफल भएका हौं,’ संयोजक तामाङले भने ।
उद्धार गरिएकी पीडित बिकलाई आईतबार नै नेपाली दूतावास साउदीको जिम्मा लगाईएको छ । गैरकानुनी बाटो भएर साउदी आईपुगेकी पीडित बिकलाई नेपाल फर्काउनका लागी घरेलु कामदार बिभाग र साउदी प्रहरीसंग समन्वय गरिने साउदीका लागी नेपाली कार्यबाहक राजदूत आनन्द शर्माले बताए । शर्माका अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि ट्राभल डकुमेण्ट बनाई बिकलाई छिट्टै सहज रुपमा नेपाल पठाईने छ । उनलाई गैरकानुनी बाटो हुदै कुबेत पुर्याउने तस्करको खोजी गरि कार्वाहीका लागी नेपाल सरकारलाई पत्राचार समेत गरिने शर्माले बताए ।
कसरी सम्भव भयो निर्मलाको उद्दार
मानब तस्करको चंगुलमा परेर ३ बर्षदेखि बन्दी जीबन बिताउन बाध्य भएकी निर्मलाको पछिल्लो समय साउदी स्थित रियादमा रहेका नेपाली दिदीबहिनीहरुसंग सम्र्पक भएको थियो । नेपाली चेलीहरुसंगको सम्र्पकले नै पीडित बिकलाई नारकीय जीबनबाट मुक्ति मिलेको हो । साउदी अरबमा रहेर नेपाली दाजुभाई तथा नेपाली चेलीहरुलाई सहयोग तथा उद्दार गर्दै आएका राज तामाङले यो खबर पाउने बित्तिकै निर्मलाको उद्दारका लागी खटिएका थिए । निर्मला संगको फोन सम्र्पकको आधारमा उनलाई उद्दार गर्नका लागि तामाङ गत आईतबार दमामबाट करिब ३ सय किलोमिटरको यात्रापछि अलहासा पुगेका थिए । साँझ ५ बजे अलहासा पुगेका तामाङले मुस्किलले निर्मलालाई बन्दी बनाएर राखिएको घर पत्ता लगाएका थिए । करिब ८ घण्टाको पखाईपछि सबै सुतेको मौका छोपेर रातको १ बजे निर्मलालाई त्यहाँबाट तामाङले उद्दार गरेका थिए । आफूलाई समेत जोखिममा राखेर तामाङले बिभिन्न समस्या र चुनौतीसंग जुध्दै निर्मलालाई लिएर रातारात त्यहाँबाट दमाम आएका थिए । दमाम आईपुगेपछि नेपाली दूतावासको समन्वयमा दूतावासको गाडी प्रयोग गरी निर्मलालाई नेपाली दूतावासको कार्यालय रियाद पठाई सुरक्षित गरिएको थियो । तामाङको सक्रियताले नै पीडित निर्मलालाई बन्दी जीबनबाट मुक्त गराई उद्धार गर्न सफल भएको हो ।
कुबेत गएकी निर्मला कसरी पुगिन् साउदी
२ छोरी, १ छोरा र श्रीमानसंग दुःखसुख जीवन चलाईरहेकी निर्मलालाई छिमेककेै एक जना दलालले धेरै धन कमाउने प्रलोभनमा पारेर गैर कानुनी तवरबाट साढे ३ बर्षअघि भारत हुदै कुबेत पुर्याएका थिए । मानव तस्कर मार्फत् घरेलु कामदारका रुपमा कुबेत पुगेकी निर्मलाले त्यहाँ ६ महिना जेनतेन काम गरिन् । ६ महिना पछि उनलाई कुबेती नागरिकले साउदी अरब पुर्याए । पीडित निर्मला कुबेती नागरिकबाट बेचिएर साउदी अरब ल्याईएकी थिईन् । साउदीको जुबेलस्थित साउदी नागरिकको घरमा करिब ३ महिना बन्दी जीबन बिताएकी निर्मलालाई साउदीकै महिला तस्करी गर्ने दलालको हातबाट दमाम हुदै अलहासा पुर्याईएको थियो । साउदी अरबको अलहासा ल्याईएकी उनलाई साउदी नागरिकले घरेलु कामदारका रुपमा बन्दी बनाएर राखेको थियो । बिगत ३ बर्ष देखि पीडित निर्र्मलाले साउदी नागरिकको घरमा बन्दी जीबन बिताउन बाध्य भएकी थिईन् ।















प्रतिक्रिया