काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प गएको छ ।
शनिबार बिहान लस एन्जलस र आसपासका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पका कारण धेरै घरभित्रका सामानहरू भुईँमा खसेको थियो । यद्यपि, हालसम्म कुनै घाइते भएको वा सम्पत्तिमा ठूलो क्षति पुगेको कुनै खबर छैन ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार, भूकम्पको केन्द्रबिन्दु लस एन्जलस सहरको दक्षिण–पश्चिममा पर्ने म्यानह्याटन बिचबाट करिब पाँच किलोमिटर टाढा थियो ।
अधिकारीहरूका अनुसार, सन् २०१४ यता यस क्षेत्रमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।
भूकम्पपछि लस एन्जलस दमकल विभागले सावधानीका उपायस्वरूप आपतकालीन कार्यविधिहरू लागू गरेको छ । भवनहरू र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूको निरीक्षण गर्न सहरका १०६ वटा दमकल केन्द्रहरूबाट कर्मचारीहरूलाई खटायो ।
यसैबीच, ठूलो क्षति वा मानवीय हताहतको कुनै खबर नभएको पुष्टि भएपछि आपतकालीन कार्यविधिहरू हटाएको र विभागले आफ्नो नियमित कामकाज पुनः सुरु गरेको बताइएको छ ।











प्रतिक्रिया