२१ कार्तिक २०८३, शनिबार

एमाओवादीद्वारा तराईका जिल्लामा सेना परिचालनको विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Communist-Party-of-Nepalकाठमाडौं, ८ भदौ । प्रमुख विपक्षी दल एकीकृत माओवादीले तराईका केही जिल्लालाई दङ्गाक्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गर्दै त्यस विषयमा पनःविचार गर्न आग्रह गरेको छ ।

काठमाडौंमा आज बसेको एकीकृत माओवादीको स्थायी समितिको बैठकले थारु, मधेशी र अन्य समुदायले उठाएका मागलाई राजनीतिक रुपमा सम्बोधन गर्न आग्रह गर्ने निर्णय गरेको सचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

‘कैलालीलगायतका जिल्लामा नेपाली सेना परिचालन गर्ने निर्णयमा पुनःविचार गर्न सरकारसँग अग्रह गर्ने निर्णय भएको छ’, सचिव पुनले भन्नुभयो, ‘थारु, मधेशी र अन्य समुदायका माग राजनीतिक भएकाले राजनीतिक रुपबाटै सम्बोधन गरिनुपर्छ ।’

कैलालीको टीकापुरमा थारुले गरेको आन्दोलनले सुरक्षाकर्मीको हत्या गरेपछि सरकारले कैलालीसहितका तराईका केही जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालनको निर्णय गरेको थियो ।

सेना परिचालनको एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार नै सामाजिक सञ्जालमार्फत विरोध गर्नुभएको थियो ।

त्यसै गरी एकीकृत माओवादीले आन्दोलनकारीहरूलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गरी आफ्ना माग प्रस्तुत गर्न आग्रह गरेको छ । सचिव पुनले भन्नुभयो, ‘आफ्ना माग राख्दा शान्तिपूर्ण रुपमा राख्नुपर्छ । हिंसा गर्नु हुँदैन ।’

विपक्षी दल एकीकृत माओवादीले कैलालीसहितका केही तराईका जिल्लामा भएका उत्तेजित प्रदर्शनले सामाजिक सदभाव खलबलिनेतर्फ आफ्नो ध्यानाकर्षण भएको भन्दै संयम हुन सबैलाई अपील गरेको छ ।

कैलालीको टीकापुरमा भएको थारु प्रदर्शनमा घुसपैठ भएको जनाएको एकीकृत माओवादीले सरकारसँग घटनाका विषयमा छनविन गरेस त्यतथ्य बाहिर ल्याउन माग पनि गरेको छ ।