११ मंसिर २०८३, शुक्रबार

कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी नदीमा भएको पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा २०८३ कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा।लि।को नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो ।

समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ ।

समितिले प्रतिवेदनमार्फत प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन सरकारसमक्ष अनुरोध गरेको छ ।