काठमाडौं । गोरखामा हुने गृहमन्त्री सुधन गुरुङको विवाह समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने भएका छन् ।
गुरुङले दुवैलाई व्यक्तिगत रूपमा भेटेर विवाहको निम्तो दिएका हुन् ।
लामिछानेलाई बूढानीलकण्ठस्थित निवासमै पुगेर निमन्त्रणा दिएका गुरुङले प्रधानमन्त्री शाहसँग पनि हिजो राति भेट गरेका थिए ।
स्रोतका अनुसार दुवैले अन्य कार्यक्रम मिलाएर भए पनि विवाहमा सहभागी हुने वचन दिएका छन् ।
गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने निमन्त्रणा नगर्ने बुझिएको छ ।
आज काठमाडौंमा उनको इन्गेजमेन्ट कार्यक्रम भएको बताइएको छ ।
धेरै वर्षअघि अदालतमा कानुनी विवाह गरिसकेका गुरुङले यही मंसिर १७ गते औपचारिक रूपमा वैवाहिक समारोह गर्न लागेका हुन् ।











प्रतिक्रिया