काठमाडौं । काठमाडौंको कपनस्थित वृक्षालय रिसोर्टका सञ्चालक सुवास कुँवर ‘युवा व्यवसायी सम्मान–२०२६’बाट सम्मानित भएका छन् ।
तेस्रो क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६ मा आयोजित विशेष कार्यक्रममा कुँवरलाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाली कला, संस्कृति तथा संगीत क्षेत्रको प्रवर्द्धनसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहमा कुँवरलाई उद्यमशीलता, व्यवसायिक सक्रियता तथा सामाजिक योगदानको कदर गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ ।

व्यवसायलाई आम्दानीको माध्यममा मात्र सीमित नराखी सिर्जनशीलता, सेवाको गुणस्तर र सामाजिक सम्बन्ध विस्तारसँग जोड्दै आएका कुँवर युवा उद्यमीका रूपमा परिचित छन् ।
उनले सञ्चालन गर्दै आएको वृक्षालय रिसोर्टले आतिथ्य सत्कार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ ।
सम्मान ग्रहणपछि कुँवरले यसले आफ्नो व्यावसायिक यात्रामा थप जिम्मेवारी र हौसला प्रदान गरेको बताएका छन् ।
कुँवरले आगामी दिनमा पनि ग्राहकको विश्वास, गुणस्तरीय सेवा र निरन्तर मेहनतलाई प्राथमिकतामा राख्दै व्यवसायलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।











प्रतिक्रिया