काठमाडौं । यस वर्ष बक्स अफिसमा असाधारण प्रदर्शन गरेको चलचित्र ‘हनुमान अंश’ सोनीलिभ ओटीटीमा रिलिज भएको छ ।
शुक्रबार हिन्दी भाषामा ओटीटीमा रिलिज भएको ‘हनुमान अंश’ मात्र २ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको चलचित्र हो ।
नीम करोली बाबामा आधारित भक्तिपरक जीवनी चलचित्र ‘हनुमान अंश’ले विश्वभर ४५२.८६ करोड भारतीय रुपैयाँको कमाइ गरेको छ ।
यसैबीच, नेटफ्लिक्सले पनि अब ‘हनुमान अंश’ नोभेम्बर २९ देखि आफ्नो प्लेटफर्ममा हेर्न उपलब्ध हुने घोषणा गरेको छ ।
नेटफ्लिक्सका अनुसार नेटफ्लिक्समा यो चलचित्र तेलुगु, तमिल, कन्नड, मलयालम र गुजराती भाषामा उपलब्ध हुनेछ ।











प्रतिक्रिया