२१ कार्तिक २०८३, शनिबार

टीकापुरको अवस्था सामान्य बन्दै, सडकमा सुरक्षार्कीको बाक्लो उपस्थिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-Kailai-Policeकाठमाडौं, ५ भदौ । कैलालीको टीकापुर बजार क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मी सडकमा उत्रिएपछि शान्तिसुरक्षा बनाइराख्न सहज भएको छ । सुरक्षाकर्मी सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

स्थानीय प्रशासनले टीकापुरमा शान्तिसुरक्षा कायम गर्न दङ्गाक्षेत्र घोषणा गरेपछि नेपाली सेना परिचालन गरिएको हो । टीकापुरमा कर्फ्यु पनि जारी गरेको छ । कर्फ्यु जारी रहेपछि बाहिर प्रदर्शनकारी देखिएका छैनन् ।

टीकापुरका प्रहरी नायव उपरीक्षक धनबहादुर कठायतका अनुसार टीकापुरको शान्तिसुरक्षा अहिलेसम्म सुरक्षा निकायको नियन्त्रणमै छ ।

‘सोमबारको घटनापछि टीकापुरमा दङ्गाक्षेत्र घोषणा गरिएको छ’, नायव उपरीक्षक कठायतले भन्नुभयो, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अहिलेसम्म प्रदर्शनकारीहरू देखिएका छैनन् ।’

सोमबार राति बजार क्षेत्रमा केही पसल र घर तथा तरकारी बजारमा तोडफोड एवम् आगजनी भएको स्थानीयले बताएका छन् ।

सोमबार भएको हिंसात्मक आक्रमणमा परेर प्रहरी कर्मचारीहरूको मृत्यु भएपछि स्थानीय प्रशासन ऐनअनुसार शान्तिसुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको हो ।