२१ कार्तिक २०८३, शनिबार

महोत्तरीमा मधेशी मोर्चाका कार्यकर्ताले बिहानै दुई वटा प्रहरी बिट जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahottari_district_locationगौशाला, ८ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आज बिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् ।

दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिट जलाएका हुन् ।

बिहान ५ बजेको समयमा गरिएको सो आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले जलेश्वरको दुई वटा प्रहरी बिटमा आगजनी गरेपछि जलेश्वरको अन्य चोकमा स्थानीय प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ ।

त्यस्तै बिहानदेखि जलेश्वरमा गाउँगाउँबाट आन्दोलनकारीको समूह आउने क्रम बढ्दै गएको मोर्चाले जनाएको छ ।