काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम एक्वायरर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मानसहित ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पिओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको हो ।
भिसाद्वारा प्रदान गरिएको यस सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बैंकले जनाएको छ ।
हाल बैंकले नेपालभरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटिएम, ९,००० भन्दा बढी पिओएस टर्मिनलहरू र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया