काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लिखित जवाफ पेश गर्न आदेश दिएको हो । १५ दिनभित्र जवाफ दिन आदेश दिइएको छ ।
साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई आगामी १४ गतेका लागि बोलाइएको छ ।











प्रतिक्रिया