काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका दुईजना पूर्वमन्त्रीसहित ६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
सीआईबीले उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया