८ मंसिर २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकद्वारा ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति झापाको मेचीनगर– १४ स्थित सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो । छात्रवृत्तिको रकम ५० हजार रुपैयाँ रहेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानध्यापकमार्फत रकम प्रदान गरिएको हो । यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै मात्र काठमाडौं ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।