काठमाडौ, ३ असार । ‘सहमतिमा नेतृत्व छान्ने भन्नुहुन्छ, दुई जना पछि हट्ने स्थिति छैन, तपाईंले आफ्नै नाममा सहमति भन्न खोज्नुभएको होइन ?,’ पत्रकार मातृका पौडेल प्रश्नको जवाफ दिनुअघि एमाले अध्यक्ष झलनाथ खनाल रोमाञ्चित भए ।
खनाल रोमाञ्चक भएको दृष्य एकटकले हेरिरहेका थिए केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने अभियानमा रहेका महासचिव ईश्वर पोखरेल, सचिवद्वय विष्णु पौडेल, शंकर पोखरेल, पोलिट्ब्यूरो सदस्यद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत । ‘मेरो नाममा सहमति भए पनि दुई हात उठाउँछु,’ बिना ठट्टा खनालले भने, ‘माधवकुमार नेपाल र केपी शर्मा ओली कमरेडको नाममा सहमति भए पनि म तयार छु ।’
पत्रकार बोमलाल गिरी थप स्पष्ट हुन चाहे । सहमतिको अध्यक्ष हुन्छु भन्न खोज्नुभएको हो ? ‘मेरो मनको कुरा भनिदिनुभएकोमा पत्रकार मित्रलाई धन्यवाद छ,’ खनालको जवाफले हाँसो गुञ्जियो ।
महाधिवेशनको १६ दिनअघि तयारीका विषयमा मंगलबार एमाले मुख्यालय बल्खुमा भएको पत्रकार सम्मेलनमा खनालले अध्यक्षको सुषुप्त आकांक्षा बाहिर ल्याए । उनको जवाफ ठट्टा या गम्भीरता हो खुट्याउन गाह्रो थियो । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया