काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको चार समितिको बैठक आज बस्ने भएको छ ।
अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो ।
बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गरिनेछ ।











प्रतिक्रिया