पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित श्रीमान्–श्रीमती पक्राउ परेका छन् ।
लागूऔषध न्यूनीकरण तथा समाज सुधार समिति पथरीशनिश्चरे वडा नं. ४ र कुशेचौरी प्रहरी कार्यालयको सक्रियतामा गरिएको सूचनामूलक निगरानी तथा प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे–४ निवासी २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिशा तामाङ रहेका छन् ।
प्रहरीले कैलाश तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ४ ग्राम १४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, नेपाली रुपैयाँ १२ हजार ९ सय २५ र नित्जासेन्ट-10 लेखिएको १३ पत्तामा १२८ क्याप्सुल बरामद गरेको जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनुसन्धान अघि बढाएको छ ।











प्रतिक्रिया