७ मंसिर २०८३, सोमबार

प्रधानमन्त्री बालेनलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको छ ।

समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदी लगायत भारतीय मन्त्रीहरू सहभागी थिए ।

गार्ड अफ अनर र स्वागतपछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री साहबीच शिष्टाचार भेटवार्ता हुनेछ ।

राष्ट्रपति मुर्मूले प्रधानमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गरेकी छन् ।

त्यसपछि प्रधानमन्त्री साह र भारतीय मोदीबीच औपचारिक भेटवार्ता हुनेछ ।