पोखरा । पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
पोखरा बजारबाट करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोट धार्मिक तथा प्राकृतिक पर्यटनका लागि परिचित छ ।
यहाँ ५१ फिट अग्लो भगवान् शिवको मूर्तिसहित १०८ शिवलिङ्ग र अन्य धार्मिक संरचना निर्माण गरिएका छन् । पुम्दीकोटबाट हिमालसँगै फेवाताल, सराङकोट र पोखरा सहरको दृश्यसमेत देख्न सकिन्छ ।
धार्मिक संरचना र प्राकृतिक सौन्दर्यका कारण यहाँ आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।















प्रतिक्रिया