५ मंसिर २०८३, शनिबार

बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने व्यक्ति पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तानलाई घाइते बनाउने एक जना पक्राउ परेका छन् ।

घरायसी विवादका क्रममा ३८ वर्षीय अम्मर सलामी मगरले आफ्नी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मालाई दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट घाइते भएका चारै जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लु नगर अस्पताल पठाइएको छ ।

घटना गराउने अम्मर र घटनामा प्रयोग भएको बन्चरो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।