४ मंसिर २०८३, शुक्रबार

एमाले अध्यक्ष ओलीले भेटेनन् आफ्नो लेभलको नेता, लेभल नमिलेपछि निर्वाचन आयोगबाट निस्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभई बाहिरिएका छन्। राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूबीच छलफल भइरहेका बेला ओली भने केही समय आयोगमा बसेर फर्किएका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सहभागी छन्। एमालेका तर्फबाट भने नेता देवेन्द्र दाहाल छलफलमा सहभागी भएका छन्।

आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफू बैठकमा उपस्थित भएको जानकारी गराउन मात्रै आएको संकेत गरे। आफू नआएको भन्ने नपरोस् भनेर बैठकमा सहभागी भएर फर्किएको उनको भनाइ थियो।

सबै दलका शीर्ष नेता बैठकमा सहभागी भइरहँदा आफू किन नबसेको भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले एमालेको तर्फबाट पनि सोही तहको नेता सहभागी रहेको जवाफ दिए। उनले भने, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ। उहाँ सहभागी हुनुहुन्छ।’