काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति भने कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।












प्रतिक्रिया