काठमाडौं । कानूनमन्त्री सोविता गौतमले संसद अधिवेशन आह्वान गर्न छलफल भइरहेको बताएकी छिन् । प्रधानमन्त्री वालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले अधिवेशन आह्वानको समयबारे तत्कालै निश्चित गर्न नसकिएता पनि छिट्टै अधिवेशन आह्वान गर्ने उनले बताएकी हुन् ।
‘संसद अधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल गर्दै छौँ । छिट्टै बोलाउने लक्ष्य हो । अहिले कानुनहरूको समीक्षा पनि भइरहेको छ । यो हप्तामै के–के गर्नुपर्ने हो भन्ने स्पष्ट हुन्छ’, मन्त्री गौतमले भनिन् ।
गौतमले सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण र आवश्यक कानुन संशोधन तथा एकीकरणलाई प्राथमिकतामा राखेको बताइन् ।
यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको र सबै मन्त्रालयबाट प्रगति विवरण प्राप्त भइरहेको जानकारी दिएकी छिन् ।












प्रतिक्रिया