२ मंसिर २०८३, बुधबार

मधेश प्रदेशमा सिटिजन्स बैंकको ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘छठ सम्बन्ध २०८३ कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट, सेलिब्रेटिङ आवर कल्चर, कनेक्टिङ आवर पिपुल, इनर्जाइजिङ सिटिजन्स’ कार्यक्रम सम्पन्न गरेको छ । सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा मधेश प्रदेशस्थित शाखा प्रबन्धकहरू तथा प्रदेश प्रमुख लगायतको सहभागितामा सम्पन्न भएको हो ।

कार्यक्रममा मधेशको समृद्ध संस्कृति र परम्पराको महत्त्वको चर्चा गर्दै यसलाई प्रवद्र्धन गर्ने नेतृत्व विकासको लागि आपसी सम्बन्ध सुदृढ गर्दै थप आत्मीय र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । मधेश प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको २९ शाखा कार्यालयहरू सञ्चालनमा रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ८५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।