२ मंसिर २०८३, बुधबार

कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ : वर्षमान पुन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपा सभापति रवि लामिछानेलाई कुनै पनि बेला पक्राउ गरेर थुन्न सक्ने बताएका छन् ।

नेकपाको राष्ट्रिय जागर अभियानका क्रममा दैलेखका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपा आन्तरिक कलह उत्कर्षमा पुगेको भन्दै कुनै पनि बेला रवि थुनिन सक्ने बताएका हुन् ।

यस्तै उनले रविले बालेनलाई प्रधानमन्त्रीबाट हटाउन सक्ने आशंका पनि पेश गरे । ‘सरकार अहिले भारतसँग लम्पसार परेको छ।

कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चार्य हुनेछैन।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारको गति संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र प्रतिक्रान्तिको बाटोमा जाने रहेको आरोप लगाए। जसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीहरूबीच एकता र संविधान मान्ने लोकतान्त्रिक दलबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।