२ मंसिर २०८३, बुधबार

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि बोलाएको हो ।

यस्तै सर्वोच्चले उक्त प्रकरणमा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ । कार्कीले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्ष्क पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।

सर्वोच्चको आदेशअनुसार अब अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो संयुक्त इजलासबाट लाग्नेछ । मन्त्रिपरिषद्को गत कात्तिक १८ को बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।