२ मंसिर २०८३, बुधबार

बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आएका लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो । यसबारे गृहमन्त्री सुदन गुरूङले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उनले बताए ।

उनले ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका र क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने दाबी गरेका छन् ।

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले धरान सहित देशभरका चार हजार ७७२ जना भन्दा बढीको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । आरोपपछि लामिछानेले फरार रहँदै आएका थिए । सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार छन्।