पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले जनजीविकाका मुद्दाहरुमा सरकार गम्भीर नदेखिएको र मूल्यवृद्धि समेत नियन्त्रण गर्न नसकेकाले कांग्रेसले नै जनजीविकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताएका हुन् ।
उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, संघीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखे ।
नागरिकहरुसँग आत्मियता कायम गर्दै उनीहरुको पीडामा मल्हम लगाउनेदेखि देशको विकास गर्ने कुरामा समेत बुझेर अघि बढ्न उनले आग्रह गरे ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रणका लागि र कांग्रेसले विगतमा गरेका ऐतिहासिक र महत्वपूर्ण कामको दस्तावेज राख्ने कुरामा ध्यान पुर्याउनु पर्ने धाराण राखे ।
कार्यक्रममा कांग्रेसको १५ औं महाअधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका केन्द्रीय सदस्यहरुलाई सम्मान गरिएको थियो ।












प्रतिक्रिया