३० कार्तिक २०८३, सोमबार

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ ।

कम्पनीका अनुसार एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी छन् ।

यस अभियानअन्तर्गत मंसिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन् । यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन् । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । अभियानअन्तर्गत हरेक दिन स्मार्टवाच जित्ने अवसर समेत रहेको छ ।

कम्पनीका अनुसार अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन् । यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ । साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्नेछ ।

पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित व्यक्तित्वहरूसँगको भेटघाटलाई समेटेको यस अभियानले राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र विभिन्न अवसरको लाभ लिने मञ्च प्रदान गरेको छ । मंसिर ४ गते अभियान समाप्त हुने भएकाले इच्छुक ग्राहकले समयसीमाभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी यस अभियानमा सहभागी हुन सक्नेछन् ।